‘असार १५ सम्ममा विद्यालय शिक्षा ऐन पारित गर्ने गरी सरकार अघि बढेको छ’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षासम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्ने गरी सरकार अघि बढिरहेको बताउनुभएको छ ।

सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी आज आयोजित राष्ट्रिय संवाद कार्यक्रममा मन्त्री पन्तले आफूसँग भएको नौ बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने र त्यसअघि भएका सम्झौताहरूका बारेमा पनि छलफलका लागि आफू तयार रहेको बताउनुभयो ।
मन्त्री पन्तले असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट सकेसम्म पारित गरिने बताउनुभयो ।
उहाँले शिक्षकहरूसँग भएको नौ बुँदे सम्झौताको दायित्व आठ अर्ब रुपियाँ हुने र त्यसको दायित्व सरकारले बेहोर्ने तर थप आर्थिक भार पर्ने माग धान्न नसकिने स्पष्ट पार्नुभयो ।
मन्त्री पन्तले मन्त्रालयमा उच्च शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार रहेको र त्यसलाई पनि सकेसम्म छिटो संसदमा लैजाने तयारी पनि रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्