तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा अस्पतालमा जटिल गर्भावस्थाको सफल सल्यक्रिया

बाजुरा । जिल्ला अस्पताल बाजुरामा जटिल प्रकृतिको गर्भवती महिलाको सफल सल्यक्रिया मार्फत् सुरक्षित प्रसूति गराइएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका–१ की २३ वर्षीया बुट्टा विकको पेटमा रहेको एक मृत र एक जीवित भ्रूणसहितको अवस्था जोखिमपूर्ण भए पनि सल्यक्रिया गरेर आमा र जीवित बच्चा दुवैलाई बचाउन अस्पताल सफल भएको हो।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिल कुमार शाहका अनुसार पेटमा रहेका दुवै बच्चा उल्टो अवस्थामामा थिए। “पहिले मृत भ्रूणलाई निकालेर त्यसपछि जीवित बच्चाको सफल सल्यक्रिया गर्‍यौं,” डा. शाहले बताउनुभयो ।

सल्यक्रिया टोलीको नेतृत्व डा. शाहले गरेका थिए भने अस्पतालका प्रमुख डा. चन्दशेखर यादवले पनि आमाको ज्यान जोगिनु सुखद पक्ष भएको बताउनुभयो।

अस्पतालका अनुसार चालु आर्थिक वर्षमा मात्रै ४९ जना जटिल गर्भवती महिलाको सल्यक्रिया मार्फत् सुरक्षित प्रसूति गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button