तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ : महामन्त्री थापा

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले समावेशी सिद्धान्त अनुरुप संयमित र जिम्मेवार भएर राजनीति गर्ने बताउनुभएको छ ।

आज नेपाल तामाङ सङ्घ कोशी प्रदेशद्वारा इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले उत्तेजना र निषेधात्मक भन्दा समावेशी, संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट पार्नुभयो । 

महामन्त्री थापाले जातीय वा धर्मका आधारमा उत्तेजना फैलाउने र त्यसबाट लाभ लिने प्रवृत्ति कसैले गर्न नहुने बताउँदै समुदायमा समन्वय र सदभावपूर्व तरिकाले सबै एकापसमा मिलेर रहनुपर्ने धारणा राख्नुभयो । 

संविधान संशोधन सबैको सहमतिका आधारमा हुने स्पष्ट धारणा राख्दै महामन्त्री थापाले एमाले, माओवादीलगायत पार्टीसँग छलफल तथा नागरिक स्तरमा संवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संविधान संशोधनले कुनै समुदायको अधिकार घट्ने होइन, अझ बलियो हुने बताउनुभयो । 

थापाले तामाङ समुदायको योगदानको कदर गर्दै तामाङ समुदायको समुन्नतिका लागि काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button