तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्ने बताउनुभएको छ ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधानअनुसार धेरै काम गर्न बाँकी रहेका भन्दै त्यसका लागि समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास आवश्यक रहेको बताउनुभयो । 

“अबको बाटो दृढ सङ्कल्पअनुसार काम गर्ने हो, यसर्थ पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक छ ।  नेपालको संविधानअनुसार पूर्ण बफादारिताका साथ समावेशी नेतृत्व विकासका लागि कार्यक्रमहरू विस्तार गर्नुपर्छ”, सभापति देउवाले भन्नुभयो ।

राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन उद्घाटन सत्रमा उहाँले स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button