तपाईँ सुन्दै हुनुहुन्छः

दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभा बैठक अझै बस्न सकेन

काठमाडौँ I भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन । 

प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि समिति गठन नभएसम्म संसद् अवरुद्ध गर्ने अडान कायम राख्दै आएका छन् ।

प्रतिनिधिसभाको हिजोको बैठक पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

दलहरुबीचको छलफल र सभामुखको पटक पटकको प्रयासबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध हुँदै आएको छ

संसद्को गतिरोध अन्त्यका लागि आज पनि दलहरूले छलफल गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button