एमाले महासचिव पोख्रेल बेलायत भ्रमणमा
दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल बेलायत भ्रमणमा जानुभएको छ । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको हो ।
महासचिव पोख्रेल भोलिदेखि सुरु हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि बेलायत जानुभएको छ । बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो । महासचिव पोख्रेल असार ८ गते स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्