तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको काँडामा जिप दुर्घटना ६ जना घाइते

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडामा जीप दुर्घटना भएको छ ।

बिहीबार बिहान काँडाबाट अछामको साँफेबगर जाँदै गरेको जीप दुर्घटना भएको हो । खप्तड छेडेदह १ गोठपाडा बस्ने अन्दाजी ३४ वर्षका लक्ष्मण रोकायाले चलाएको सुप.प्र.०१–००१ च ४१९० नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

काँडाको चौकाना सडकखण्डमा जीप रोकेर ओत लगाउने क्रममा एक्कासी अगाडि बढ्दा जीप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक देब बहादुर चौधरीले बताउनुभयो । प्रहरी निरीक्षक चौधरीका अनुसार उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडा बस्ने अन्दाजी ८० बर्षकी तुरु सुनार, ४५ बर्षकी पार्वती विक, ६० बर्षकी तिल्दी सुनार, शान्ति विक, ७० बर्षिया श्यामलाल विक र बडीमालिका नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी २९ बर्षकी बिन्दु विक रहेकी छन् ।

घाइते सबै जनाको अछाम स्थित बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button