तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध चार करोड ३१ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकसमेत रहेका परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक  उत्तम दाहालविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो ।

उनीहरु विरुद्ध चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा बिगो असुल उपर हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button