झापामा फैलिँदै डेंगु संक्रमण
झापा । मनसुन सुरु भएसँगै झापामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार डेंगुको सिजन शुरु भएसँगै जिल्लामा ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । तीमध्ये ३७ जना विर्तामोड नगरपालिकाका रहेका छन् । दमक र गौरादह नगरपालिकाका एक–एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो ।
डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ । गत वर्ष झापामा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्