राष्ट्रियसभा बैठक: सांसदहरुद्धारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले छिमेकी मुलुक भारतमा दिनानुदिन कोरोना भाइरस सङ्क्रमणको दर बढिरहेकाले सीमा नाकाहरूमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले कोहलपुरदेखि सुर्खेतसम्मको एक सय ३२ केभी प्रसारण लाइन तत्काल विस्तार गरिनुपर्ने, बाजुराको बुढीगंगा नगरपालिकामा जेठ २३ गते आगलागी भएको र आगलागीबाट १९ करोडभन्दा बढीको क्षति पुगेको भन्दै व्यवसायीहरूलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्नुभयो ।
सरकारी निकायहरू नयाँ कानुनहरूबारे अपडेट नहुँदा जनताले दुख पाउनुपरेको र गत वर्षको थामेमा आएको हिमपहिरो पीडितले अझै राहत नपाएको हुँदा तत्काल राहत दिन सरकारसँग माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्