मधेस प्रदेशका जिल्लाहरूमा चर्को घाम तथा गर्मीले जनजीवन प्रभावित
जनकपुरधाम । विगत तीन दिनदेखि मधेस प्रदेशका जिल्लाहरूमा बिहानदेखि नै चर्को घामसँगै गर्मी बढेका कारणले जनजीवन प्रभावित बनेको छ ।
मधेस प्रदेशका जिल्लाहरूमा बिहान नै देखिको चर्को घामले सर्वसाधारणलाई घर बाहिर निस्कनमा समस्या हुनुका साथै खुल्ला आकाशमुनि काम गर्ने श्रमिक वर्ग निक्कै मारमा परेका छन् ।
बिहानदेखि बेलुकासम्म लाग्ने गरेको घामका कारणले सर्वसाधारणको शरीरमा घाउ खटिरा आउने, पेट तथा टाउको दुख्ने जस्ता समस्याहरू देखा पर्न थालेका छन् । यता चर्को घाम तथा गर्मीले दिउँसोको समयमा बजार क्षेत्रमा चहलपहलमा समेत कमी आएको छ ।
चर्को घाम तथा गमीबाट जोगिनका लागि काँक्रो, खरबुजा, चिसो पेय पदार्थ, कागती पानी तथा सातुको विक्रीमा अत्यधिक मात्रामा वृद्धि भएको छ । चिकित्सकहरूले चर्को घा तथा गर्मीमा घर बाहिर ननिस्कन अनुरोध गर्नुका साथै खेतमा बिहान बेलुका काम गर्नका लागि सुझाव दिनुभएको छ ।
चर्को घाम तथा गर्मीमा अत्यावश्यक काम भएको खण्डमा पातलो तथा हल्का कपडा मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिनुभएको छ । गर्मीबाट हुने जोखिमबाट बच्न अत्यधिक मात्रामा पानी तथा झोल पदार्थ सेवन गर्न चिकित्सकहरूले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्