तपाईँ सुन्दै हुनुहुन्छः

मर्चवारमा जलेको अवस्थामा शव फेला

रूपन्देही।रूपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकामा‌एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ ‌। वडा नं ५ पाण्डे थुमहवाकि स्थानीय २२ वर्षीय सृजना पालको शव फेला परेको हो ‌। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश सापकोटाले बिहान १:४० मा प्रहरीलाई जानकारी आएपछि २ बजे बिहान प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए । उनले भने,” मृतकको घरको करीब १ किलोमिटरको दुरीमा रहेको खेतमा उनको शब फेला परेको छ शवका जलेको अवस्थामा फेला परेको हो ।

त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदिप बहादुर थापा क्षेत्री प्रहरीको कुकुर सहित घटनास्थलमा पुगेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button