तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाका चार समितिको बैठक बस्दै छ ।

आज राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

आज साढे १२ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कृषकहरुलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन बारे, कृषि अनुदानलाई उत्पादनमुलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धी सम्बन्धमा, कृषिजन्य उत्पादन उखु अलैंची अदुवा कफि चिया सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन सम्बन्धमा र रैथाने कृषिबालीको संरक्षण र विकास सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आज बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति समितिले समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तर्क्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button