तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुग्यो

धनगढी । सुदूरपश्चिम प्रदेश कोरोना सङ्क्रमितको सङ्ख्या १३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

ऐन्टिजेन परिक्षण गर्दा कैलालीको त्रिनगर नाकामा ३ जना र बैतडीको झुलाघाटमा १ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यसअघि विगत तीन दिनको अवधिमा नौ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना सङ्क्रमण देखिएका सबै नेपाली भारतबाट घर फर्किनेहरू रहेका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.खगेन्द्र बमले भारतसँग सिमानाका जोडिएका कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा सीमा क्षेत्रमा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको बताउनुभयो । 

सिमानाकामा भारतबाट फर्किने सबैको स्वास्थ्य परीक्षणसँगै परामर्श दिने गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button