तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी पीडितको अवस्था बुझ्न मन्त्री पाण्डे बाजुरामा

बाजुरा । शुक्रवारको आगलागीबाट नष्ट भएको बाजुराको बाम्का बजार क्षेत्रको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निरीक्षण गर्नुभएको छ।

आगलागी भए लगत्तै काठमाण्डौंबाट निस्किनु भएका मन्त्री पाण्डेले आगजनी भएको बाम्का बजार क्षेत्रको शनिबार बिहान निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा मन्त्री पाण्डले  जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिनुभएको छ । क्षतिको निरीक्षणसँगै आगजनीबाट पीडित बनेका नागरिकसँग भेटघाट र छलफल समेत गर्नुभएका मन्त्री पाण्डेले सरकार पीडितलाई तत्कालै राहत र उचित क्षतिपूर्ति दिन प्रतिबद्ध रहेकाले निरास नहुन सहानुभूति दिनुभयो । निरीक्षणमा मन्त्री पाण्डे सँगै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय,स्थानीय तहका जनप्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

जिल्लाको मुख्य व्यापारिक केन्द्र रहेको बुढिगंगा नगरपालिका-६ बाम्का बजारमा शुक्रबार दिउँसो भएको भीषण आगलागी बाट ३५ वटा पसलहरू जलेर नष्ट हुँदा ८ करोड भन्दा बढीको क्षति भएको छ। बजारको एक होटेलमा सिलिन्डर ग्यास पड्किदा सल्केको आगो बाट भएको बजार क्षेत्रको आगलागी बाट ८करोड बढीको क्षति भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button