तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो दुर्घटनामा दुई महिलाको मृत्यु

दोलखा।दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याकुको बासामा शुक्रबार बेलुका बोलेरो जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

सिंगटीबाट झ्याकु देपुङ जाँदै गरेको बा १६ च ७६५१ नम्बरको बोलेरो जीप उकालो कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटना भएको दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनु भयो। दुर्घटनामा झ्याकु देपुङकी ४५ वर्षीया फुलमाया शेर्पा र ३४ वर्षीया डोल्मा शेर्पाको ज्यान गएको हो।

प्रहरीका अनुसार जीप चालक देपुङकै स्थानीय निमा टिकु शेर्पा दुर्घटनापछि फरार छन्, र उनको खोजी भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button