तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बाम्का बजारमा भीषण आगलागी, १२ वटाभन्दा बढी पसल जलेर नष्ट (अपडेट)

आगलागीका कारण जिल्लाभर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । 

बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

आगलागीबाट १२ वटाभन्दा बढी पसलहरू जलेर नष्ट भएको प्रहरीको अनुमान रहेको छ । आगलागीका कारण लाखौँको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको भए पनि के कति क्षति भयो भन्ने बारेमा यकिन हुन नसकेको प्रहरी निरीक्षक देब बहादुर चौधरीले बताउनुभयो । 

हावाहुरीका कारण आगो नियन्त्रण गर्न निकै समस्या भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, र स्थानीयहरूले प्रयास जारी राखेका छन्।

आगलागीका कारण जिल्लाभर इन्टरनेट र विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button