बाजुराको बाम्का बजारमा भीषण आगलागी

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ।
बिजुलीको तार सट भएर आगलागी भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ।

बाजुराको मुख्य व्यापारिक केन्द्र मध्येमा पर्ने बाम्का बजारमा करिब एक सय जति पसलहरू रहेका छन् । अहिलेसम्म करिब एक दर्जन पसलमा आगो लागिसकेको छ।

आगो नियन्त्रणका लागि प्रहरी चौकी बार्जुगाडको टोली र स्थानीय नागरिक खटिरहेका र सदरमुकाम मार्तडीबाट समेत प्रहरी टोली घटनास्थलमा गइरहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ।

आगलागी बारे थप विवरण आउने क्रम जारी रहेको प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब बहादुर चौधरीले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्