तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री सहित ९३ जनामाथि परेको मुद्दा आयोगको क्षेत्राधिकारको विषय: मन्त्री गुरुङ

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अख्तियारले पूर्व प्रधानमन्त्री सहित ९३ जनामाथि दायर गरेको मुद्दा आयोगको क्षेत्राधिकारको विषय भएकाले यस विषयमा सरकारलाई दोष लगाउन नमिल्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अख्तियार दुरुपयोग गरेर अनियमितता र भ्रष्टाचार भएमा त्यसको छानबिन आयोगले गर्ने भएकाले यस विषयमा सरकारलाई जोड्न नमिल्ने बताउनुभयो । 

उहाँले अख्तियारको दुरुपयोग भएमा त्यसको छानबिन गर्ने अधिकार आयोगकाे हो, सरकारकाे होइन भन्नुहुँदै यस विषयमा  सरकारले प्रतिशोध साँध्यो भनेर भन्न नमिल्ने बताउनुभयो ।

सरकारबाट कुनै प्रकारको गलत काम हुन नदिन तथा सरकारलाई अधिनायकवाद तर्फ जानबाट रोक्न यस्ता आयोगहरू बनेको उहाँको भनाई थियो ।

मन्त्री गुरुङले अध्यागमन कार्यालयका कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताउनुभयो ।  यस विषयमा अख्तियारले अनुसन्धान र छानविन गरिरहेकाले सत्यतथ्य सबै कुरा पछि प्रष्ट हुने मन्त्री गुरुङले बताउनुभयो । मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबल हनु नसकेको बताउँदै उहाँले चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पाश हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button