तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक साढे तीन बजेका लागि सर्‍यो 

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक साढे तीन बजेका लागि सारिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि सूचना टाँस गरी साढे ३ बजेकालागि सारिएको हो । यस अघि, बैठक भिजिट भिसा प्रकरणलाई लिएर हिजो पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि सारिएको थियो ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठक पनि दलहरुबीच सहमति हुन नसक्दा बस्न सकेको थिएन । यस अघि, प्रतिनिधि सभाको जेठ १३ र १४ गतेको बैठकमा पनि विपक्षी दलहरूको अवरोध गरेका थिए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button