तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना: शङ्कास्पद बिरामीको परीक्षण गर्न समस्या 

कञ्चनपुर । कञ्चनपुरमा कोभिड परीक्षणका लागि किट अभावले कोरोनाका शङ्कास्पद बिरामीको परीक्षण हुन सकेको छैन। 

महाकाली प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि किट अभाव हुँदा बिरामी मर्कामा परेका छन्। पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि भारतमा कामका लागि गएका बिरामी भएर स्वदेश फर्कन थालेका छन्। 

महाकाली प्रादेशिक अस्पतालले भने कोरोना परीक्षणका लागि दैनिक जसो बिरामी आउने गरेको जनाएको छ। अस्पतालमा परीक्षण किट अभाव हुँदा हाल कोरोना परीक्षण हुन नसकेको सूचना अधिकारी शान्तप्रसाद जोशीले बताउनुभएको छ। उहाँले पुरानो अस्पतालमा भएका परीक्षण किटको म्याद सकिएको र नयाँ नआएकाले परिक्षणमा समस्या परिरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button