राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
काठमाडौँ । संविधानसभा सदस्य एवं पूर्व प्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।
सभाको आजको बैठकमा स्व खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभा सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौन धारण गर्नुभएको थियो ।
विक्रम संवत् १९९९ साल साउन १९ मा जन्मनु भएका संविधानसभा सदस्य एवं पूर्व प्रतिनिधिसभा सदस्य खड्काको ८२ वर्षको उमेरमा यही जेठ १५ गते निधन भएको थियो ।
स्वर्गीय खडका नेपाली काङ्ग्रेसबाट २०४८ र ०५१ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र ०६४ सालमा संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । यसैगरी, २०५२ सालमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायक मन्त्री र ०६४ सालमा स्थानीय विकास राज्यमन्त्रीसमेत हुनुभएको थियो ।
सभाको अर्को बैठक यही जेठ २१ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्