तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगर नगरपालिकाद्वारा १६० छात्राहरूलाई साइकल वितरण

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरेको छ। 

लुम्बिनी प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत सञ्चालित यस कार्यक्रमअन्तर्गत कक्षा ८ उत्तीर्ण गरी हाल कक्षा ९ मा नियमित अध्ययनरत १६० जना छात्राहरूलाई साइकल प्रदान गरिएको हो।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थीका अनुसार कुल १८२ वटा साइकल खरिद गरिए पनि मापदण्ड अनुरूप १६० जना छात्रा मात्रै परेपछि सो सङ्ख्यामा साइकल वितरण गरिएको हो। बाँकी २२ वटा साइकल भने नगरपालिकाको निर्णय अनुसार आवश्यकताअनुसार वितरण गरिने उहाँले जानकारी दिनुभयो । 

साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रजत प्रताप शाहले यस कदमले माध्यमिक तहमा विद्यार्थीहरूको भर्ना दरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button