तपाईँ सुन्दै हुनुहुन्छः

सीमाक्षेत्रमा कोरोना संक्रमण र घुसपैठ रोकथामबारे नेपाल–भारत क्रस बोर्डर सुरक्षा बैठक सम्पन्न

बीरगंज । भारतमा द्रुतगतिमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम, सीमा क्षेत्रको दशगजामा अनावश्यक व्यक्तिहरू प्रवेश बढेको विषयलाई लिएर नेपाल भारतको क्रस बोर्डर सुरक्षा बैठक सम्पन्न भएको छ । 

वीरगञ्जको गण्डक स्थित क्लार्क होटलमा सम्पन्न बैठकमा दुवै देशका सीमा क्षेत्रका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो । 

बैठकमा दुवै देशको सीमाक्षेत्रमा हुने शान्ति सुरक्षा र सीमा समस्याका बारेमा आपसी छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । 

बैठकमा नेपाली पक्षबाट भारतमा द्रुतगतिमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम, सीमा क्षेत्रको दशगजामा अनावश्यक व्यक्तिहरू प्रवेशले अतिक्रमण बढेको विषयमा ध्यानाकर्षण गराएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

त्यस्तै लागूऔषधको ओसार पसार नियन्त्रणका लागि नेपाल भित्रिने प्रतिबन्धित औषधिहरूको निगरानी गर्न आग्रह गरिएको बताउनुभयो । त्यस्तै भारतीय पक्षबाट बिहारमा हुन लागेको निर्वाचनको सुरक्षाका सम्बन्धमा छलफल गरेको र विशेष गरि सिर्सिया नदिको प्रदूषणको विषयमा विशेष जोडले कुरा उठाएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षतामा भएको बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी र तथा पर्सा, बाराका तीनवटै सुरक्षा निकायका प्रमुख र भारतको पूर्वीचम्पारण र पश्चिम चम्पारणका डीएम (डिष्ट्रिक्ट म्याजेष्ट्रेट) र तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र को सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button