तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी विश्वकप लिग–२ : नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपालले टस जितेको छ । 

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । त्रिकोणात्मक एक दिवसीय उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ । 

हालसम्म नेपाल र स्कटल्यान्डबीच आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको थियो । जसमा नेपालले चार र स्कटल्यान्डले तीन खेलमा जित निकालेका थिए । एक खेल भने नजिता विहीन भएको थियो । विश्वकप  लिग–२ मा  नेपाल १२ खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ भने स्कटल्यान्ड १६ खेलबाट २० अङ्क जोडेर चौथो स्थानमा छ ।

आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप लामिछाने, गुल्शन झा, सोमपाल कामी, करण केसी र रिजन ढकाल रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button