तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी विस्थापित

क्यानडा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्थापित भएको जनाएका छन् ।  उनीहरूका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  

शनिबार सम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा एक हजार ३०० र सास्काचेवानमा करिब आठ हजार मानिसहरूलाई त्यहाँ बाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको जनाइएको छ । अधिकारीहरूले विस्थापितको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

आगलागीका कारण उत्पन्न धुवाँले क्यानाडा र अमेरिकाका  केही सीमावर्ती राज्यहरूमा वायु प्रदूषण बढाएको जनाइएको छ ।

अमेरिकाका केही भागहरू उत्तरी डकोटा, मोन्टाना, मिनेसोटा र दक्षिण डकोटाका क्षेत्रहरूमा हावाको गुणस्तर खतराको स्तरमा पुगेको जनाइएको छ । रासस/क्यूएनए

प्रतिक्रिया राख्नुहोस्

Back to top button