तपाईँ सुन्दै हुनुहुन्छः

थापा लगायत नेताहरू रिहा,उपत्यका बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । राजावादी समूहले घोषणा गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। जेठ १८ गते काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रिहा भएपछि बन्दको कार्यक्रम स्थगित गरिएको हो।

राजावादी नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जेठ १८ गतेको प्रदर्शनका क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको हुँदा जेठ १९ गतेका लागि तय गरिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता गरिएको जानकारी गराइन्छ।”

प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा, सांसद दीपक सिंह, शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनीहरूले निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि पक्राउ गरिएको हो। राति अबेर सात जनालाई रिहा गरिएको छ भने, मादक पदार्थ सेवन (मापसे) गरी प्रहरीले गालीगलौज गरेका डा. राजीव झा भने हिरासतमै राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button