तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई दूधको रकम भुक्तानीका लागि प्रयास भइरहेको छ: मन्त्री अधिकारी 

हेटौँडा । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दूधको रकम भुक्तानीका लागि विभिन्न प्रयास भइरहेको बताउनुभएको । 

विश्व दूध दिवसका अवसरमा  राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा “दूधको खपत बढाऔँ, अर्थतन्त्रलाई सबल बनाऔँ” नाराका साथ आज हेटौँडामा आयोजना  गरिएको कार्यक्रममा मन्त्री अधिकारीले सरकारी संस्थान र  नीजि डेरीहरूले चाडै किसानको भुक्तानी गर्नुपर्नेमा जोड दिनुभयो । असार मसान्त सम्ममा एक महिनाको बाँकी राखेर भए पनि दुग्ध किसानको रकम भुक्तानी गर्न म आग्रह गर्दछु मन्त्री  अधिकारीले, भन्नुभयो । 

किसानको रकम तिर्नका लागि वार्षिक ३/४ करोड पनि सहयोग हुन्छ भनी दुग्ध विकास संस्थानका कर्मचारीहरूले लिँदै आएको सुविधा हाललाई कटौती गर्न बाध्य   भएको मन्त्री अधिकारीले, बताउनुभयो । जब सम्म किसान खुसी हुदैनन  किसानको बाँकी रकम दिन सकिँदैन तब सम्म हामीले काम गरेको देखिँदैन ,यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ भनेर इमान्दारीताका साथ काम गरिएको  मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । चीन लगायतका मुलुकमा दुग्ध पदार्थ निर्यातका लागि मन्त्रालयले गृहकार्य गरिरहेको र चाडै त्यस कार्यमा सफलता प्राप्त हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।

 विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओले) सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालमा पनि सन् २०११ देखि  विश्व दूध दिवस मनाउन थालिएको हो ।

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पु¥याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button