तपाईँ सुन्दै हुनुहुन्छः

‘सामाजिक विकृतिको अन्त्यका लागि सामूहिक प्रयास जरुरी’

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले सामाजिक विकृतिको अन्त्यका लागि सामूहिक प्रयास जरुरी रहेको बताउनुभएको छ ।

oplus_2

मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्को आयोजना तथा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वय तथा ईपान परियोजनाको सहकार्यमा आज जनकपुरधाममा सम्पन्न भएको राष्ट्रिय बालबालिका नीति २०८० मस्यौदासम्बन्धी प्रदेश स्तरीय छलफलमा उहाँले बालविवाह न्यूनीकरण, बालिका शिक्षा तथा महिला हिंसा रोक्नका लागि कानुनका साथै तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो ।

मन्त्री सुढीले मधेश प्रदेशको माग बमोजिम विवाहको उमेर १८ वर्ष गर्नेसम्बन्धी प्रस्ताव मन्त्रालयले पेश गरेको बताउँदै त्यसको अन्तिम निर्णय सार्वभौम संसद्बाट हुने बताउनुभयो ।

मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुँयालले मधेश प्रदेशमा बालिका संरक्षण ऐन प्रदेश सरकारले ल्याएर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको बताउनुभयो ।

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बालबालिका नीति २०८० मस्यौदाका सन्दर्भमा विभिन्न क्षेत्रका अगुवाहरूले विभिन्न प्रकारका राय सुझावहरू दिनुभएको थियो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button