तपाईँ सुन्दै हुनुहुन्छः

हुम्ला सडक चार दिन खुल्ने, खुलालु–लालीघाट पाँच दिन बन्द

हुम्ला ।  कर्णाली करिडोर अन्तर्गत हुम्लाको सडक खण्ड स्तरोन्नति कार्यका कारण केही दिनका लागि सो क्षेत्रमा सवारी आवागमनको  व्यवस्थापन मिलाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दका अनुसार हुम्लाको बोक्चेगौडा, भिईगौडा र याङ्चु भिर क्षेत्रमा जेठ २४ देखि २७ गतेसम्म सडक खुला राखिनेछ। चैत्र १५ देखि बन्द गरिएको सडकमा नागरिकलाई दैनिक उपभोग्य सामग्री आपूर्ति गर्न र आर्थिक वर्षको अन्त्यसम्म निर्माण कार्य सहज बनाउन चार दिनका लागि सडक सञ्चालन गर्ने निर्णय गरिएको चन्दले बताउनुभयो ।

यस्तै, कालिकोटस्थित खुलालु–लालीघाट सडक खण्ड भने जेठ २० देखि २४ गतेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ। आरसीसी ढलानको कार्य गर्नुपर्ने भएकाले उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले  बताउनुभयो ।

यस अवधिमा उत्तरतर्फ बाजुरा, हुम्ला, मुगुबाट आउने सवारीलाई लालीघाटसम्म र दक्षिणतर्फ सुर्खेत, दैलेख, अछामबाट आउने सवारीलाई कालेखोलासम्म मात्र आवागमनको अनुमति दिइनेछ।

दुवै खण्ड एकै पटक खोल्ने वा बन्द गर्ने समन्वय नभएकोप्रति अदानचुली गाउँपालिका–५ का वडाध्यक्ष कमल बहादुर छन्त्यालले  गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button