सप्तरीमा जंगली हात्तीको आक्रमणबाट ६६ वर्षीय वृद्धको मृत्यु
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ धरमपुरमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय केदार बिष्ट रहनुभएकाे छ। उहाँ आफ्नै मकैबारीमा मकै कुरिरहेका बेला हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
हात्तीको आक्रमणबाट बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
डीएसपी काफ्लेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भन्नुभयाे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रतिक्रिया राख्नुहोस्