मधेश प्रदेशमा महिला कृषि स्वयं सेविका परिचालन हुने
जनकपुरधाम । मधेश प्रदेश सरकारले पहिलो पटक महिला कृषि स्वयं सेविका परिचालन गर्ने गरि दरखास्त आह्वान गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार मधेश प्रदेशका ८ वटै जिल्लामा परिचालन गर्नका लागि १ हजार ४ सय महिला कृषि स्वयं सेविकाका लागि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।
मधेश प्रदेशकाे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न जिल्लाका ज्ञान केन्द्र मार्फत पालिकाहरूमा महिला कृषि स्वयं सेविका परिचालन गर्न लागेको छ । यस अघि स्वास्थ्य तथा शिक्षामा स्वयं सेविका परिचालन भएपनि कृषि क्षेत्रमा पहिलो पटक स्वयं सेविका परिचालन गरिन लागेको छ ।
कम्तीमा पनि एसइई वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको महिला हुनु पर्ने कुरा उल्लेख रहेको छ । हिजो ज्येष्ठ १५ गतेको मितिले १५ दिन भित्रमा नेपाली नागरिकसँग दरखास्त आह्वान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्