तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार आनन्द श्रेष्ठलाई रविन्द्र गौतम स्मृति पुरस्कार

दोलखा । स्वर्गीय पत्रकार रविन्द्र गौतमको चौथो स्मृति दिवसको अवसरमा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार आनन्द श्रेष्ठलाई नगद १० हजार सहित रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार– २०८२ प्रदान गरिएको छ । 

रविन्द्र गौतम स्मृति प्रतिष्ठानले शुक्रवार स्मृति सभाको आयोजना गर्दै पत्रकार श्रेष्ठलाई पुरस्कृत गरेको हो । स्मृति सभाको अवसरमा प्रतिष्ठानले कालिन्चोक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत गंगा गौतमलाई १० हजार रुपैयाँको छात्रवृत्ति समेत प्रदान गरेको छ ।

रविन्द्र गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश खतिवडा, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रतिष्ठानका संरक्षक भवानी खड्का गौतम र पत्रकार दिल बहादुर केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

स्मृति दिवसकै अवसरमा शुक्रवार बिहान प्रतिष्ठानले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button