आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्नुहुँदै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो हो ।
मत्स्येन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा दिनेबारेको सूचना २०८१ फागुन १५ गतेको राजपत्रमा सूचना प्रकाशित भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्