तपाईँ सुन्दै हुनुहुन्छः

विपद् पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा विपद् पछिको पुनर्निर्माणका लागि रु १८ अर्ब ५० करोड विनियोजन गरिएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न सो रकम विनियोजन गरिएको जानकारी दिनुभयो । विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने, विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइने बजेट वक्तव्यमा उल्लेख छ ।  

“प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पत्ति बिमाको दायरा विस्तार गरिनेछ”, उहाँले भन्नुभयो, “बिमा कम्पनीलाई ग्रामीण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशित गरिनेछ । साइवर सुरक्षा बिमा सेवा सञ्चालन गरिनेछ । निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनका लागि पुनःबिमाको व्यवस्था मिलाइनेछ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button