तपाईँ सुन्दै हुनुहुन्छः

गणतान्त्रिक मूल्यहरूको रक्षा र विकासमा सबैको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस–२०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएकाे छ।

सामाजिक संजालहरु फेसबुक र ट्विटरमार्फत शुभकामना सन्देश दिँनुहुँदै उहाँले लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धा प्रकट गर्नुभयाे। “गणतन्त्र नेपाली जनताको लामो र कठोर संघर्षको मूर्त रूप हो,” भण्डारीले उल्लेख गर्नुभएकाे छ।

उहाँले सन्देशमा गणतन्त्रलाई सधैं जीवित राख्न, यसको मूल्य, मान्यता र आदर्शहरूको रक्षा गर्न आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सबै नेपालीमा आह्वान गर्नुभएकाे छ।

भण्डारीले नेपालको सामाजिक–आर्थिक विकासमा गणतन्त्रले मार्ग प्रशस्त गरेको उल्लेख गर्नुहुँदै शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयाे।

“आफ्नो देशको विकास आफैं गर्नु पर्दछ भन्ने भावना दरिलो बनिरहेको छ,” भन्दै उहाँले आर्थिक रूपले सु-सम्पन्न नेपाल निर्माण गर्न सरकार, राजनीतिक दल र सबै सरोकारवालालाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभएकाे छ।

उहाँले गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय समृद्धिको अभियानमा प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button