तपाईँ सुन्दै हुनुहुन्छः

गभर्नर नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

मङ्गलवार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए ।

रिटमा नेपाल राष्ट्र बैङ्क ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button