तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस नेता आलमलाई उच्च अदालतबाट सफाई

वीरगञ्ज । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप खेपेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ ।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो । 

जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । फैसला विरुद्ध आलमले उच्च अदालत वीरगन्जमा पुनरावेदन गरेका थिए । 

संविधान सभाको निर्वाचनको अघिल्लो राति २०६४ चैत्र २७ गते रौतहटको राजपुरस्थित इँटा भट्टामा बम बनाउने क्रममा घाइते भएका व्यक्तिहरूको हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोक प्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

आलमले नै बनाउन लगाएको बम विस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोपमा जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको फैसला गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button