प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध
काठमाडौँ । प्रतिपक्ष दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आजपनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर अवरोध शुरु गर्नुभयो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गरिरहेका छन् ।
बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने बताउँदै सभा सञ्चलनका लागि आग्रह गरिरहँदा प्रतिपक्षी दलका सांसदहरूले भने गृहमन्त्रीको राजीनामा मागेर उठेर विरोध गरिरहनुभयो ।
सभामुखले दलीय आधारमा समय दिने र गृहमन्त्री रमेश लेखकले पनि संसदमा बोल्न समय माग गर्नुभएकाले बोल्ने वातावरण बनाउन पटक–पटक आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्