‘भारतबाट हुने गरेको तस्करी नेपालका लागि चुनौती’
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपालको सीमावर्ती बजारहरूमा भारतबाट हुने गरेको अवैध तस्करीले नेपालका व्यापारीहरू मारमा परेको बताउनुभएको छ ।

जयनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम बलोरियाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको आज भएको भेटमा उहाँले दुवै तीरको बजार तथा व्यापारी खुशी रहने किसिमको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले व्लेकिया मार्फत हुने गरेको तस्करीले यो समस्या आएको बताउँदै यसमा रोक लगाउनका लागि सीमावर्ती भारतीय क्षेत्रका व्यापारीहरूलाई सहयोगका लागि अपील गर्नुभयो ।
भारतको विहारका जयनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम बलोरियाले भारतबाट दैनिक उपभोग्य तथा विभिन्न सांस्कृतिक व्यवहारका लागि आउने सामानमा नेपाली सुरक्षा निकायबाट हुने गरेको अवरोधमा सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।
भेटघाटमा दुवै देशको पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसायका विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय अध्यक्ष निर्मल चौधरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्