तपाईँ सुन्दै हुनुहुन्छः

जिप दुर्घटना अपडेट : गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइयो

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–२ कांडाकोटमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई कोल्टी आधारभूत अस्पताल कोल्टीबाट सामान्य उपचार पश्चात् हेलिकप्टर मार्फत नेपालगन्ज पठाइएको छ । टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले बाजुरामा उपचार सम्भव नभएपछि बुढिनन्दा नगरपालिका–२ कोल्टिका २५ वर्षीय नन्दराम तिरुवा र सोही ठाउँ बस्ने बर्ष २२ का लोकेन्द्र तिरुवालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज पठाइएको कोल्टी आधारभूत अस्पताल कोल्टिले जनाएको छ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुरामा कार्यरत कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका, बाणिका ५७ वर्षीय करन महतारा र बाजुरा बडीमालिका नगरपालिका–७ निवासी रेडियो नेपाल कालाजाग्रा रिले स्टेसनमा कार्यरत कर्मचारी २८ वर्षीय रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button