तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसहित सरकारमा सहभागी प्रमुख दुई दलका शीर्ष नेताहरूको छलफल

काठमाडाैँ। सरकारमा सहभागी प्रमुख दुई दलका शीर्ष नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

केही बेरअघि सुरु भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा. आरजू राणा देउवा, कृषि मन्त्री रामनाथ अधिकारी सहभागी हुनुहुन्छ । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button