तपाईँ सुन्दै हुनुहुन्छः

तेह्रथुमको लालीगुराँस नगरपालिकामा रेडियो बहस कार्यक्रम  

तेह्रथुम । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रवार कृषि, पर्यटन विषयमा स्थलगत बहस कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । 

कार्यक्रममा पर्यटन र कृषि क्षेत्रको हालको अवस्था, चुनौती, भावी योजना र सुधारका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा रेडियो नेपालको तर्फबाट अर्जुन श्रेष्ठ र रमेश भट्टले बहस कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने तेह्रथुम संवाददाताले कार्यक्रमको सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।

तेह्रथुमको लालीगुराँस नगरपालिकामा भएको बहस कार्यक्रममा नगरप्रमुख अर्जुन मावोहाङ, उपप्रमुख जमुना मगर कार्की, नयाँ शहर आयोजनाका प्रमुख सुदिप झा, होटल व्यवसायी संघ तेह्रथुमका अध्यक्ष तथा पर्यटनकर्मी प्रकाश श्रेष्ठ, स्थानीय किसान डम्बर दाहाल लगायतका आम नागरिकहरूको रेडियो बहस कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा पर्यटनका विषयमा कोसी प्रदेशको पर्यटन केन्द्रको रूपमा रहेको गुराँसको राजधानी तिनजुरे मिल्के जलजले आरआर गार्डेन, चोलुङ पार्क आसपासका पर्यटकीय क्षेत्रमा पर्यटनको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको, गाउँ बस्ती स्तरका सडकहरू बिस्तार गरिनुपर्ने, राज्य सञ्चालन संयन्त्रमा पर्याप्त पहुँच कम भएकाले भने जति विकासले गति लिन नसकेको विषयमा बहस भएको थियो ।

यसैगरी, बहसमा पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार, पूर्वाधार विकास, स्थानीय स्तरमा लगानीको सम्भावना, रोजगारी सृजना तथा समग्र आर्थिक वृद्धिका विषयमा छलफल गरिएको थियो । 

वसन्तपुर तथा आसपासका क्षेत्रहरूमा पर्यटन प्रवद्र्धन गर्न सहजीकरण, प्रचारप्रसार गरी नगरपालिकालाई प्रारंगिक नगर बनाउने अभियानमा नगरपालिका लागेको नगरप्रमुख मावोहाङले बनाउनुभयो । 

किसानका उत्पादनलाई बजारसँग जोड्नका लागि नगरले कृषि एम्बुलेन्स खरिद गरी किसानका घरमै पुगेर सहकारीमार्फत सङ्कलन गरी बजारसम्म पुर्‍याउन सुरु गरिएको उपप्रमुख जमुना मगर कार्कीले बनाउनुभयो । 

उत्पादनलाई बजारसम्म पुर्‍याउनसँगै वसन्तपुर वरिपरिका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनमा ध्यान पुर्‍याउनुपर्ने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button