सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
सर्लाही । सर्लाहीको बागमती नगरपालिका वडा नं. -१ पानीटयाङ्की चोकस्थित पूर्व पश्चिम राजमार्गमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं १० बस्ने अफाक हुसेनको छोरा २१ वर्षीय मोहमद कैफ मिकरानी रहेका छन् । त्यस्तै मलंगवा -१० कै विजय यादवको छोरा २४ वर्षीय सुमित कुमार यादव गम्भीर घाइते भएको छ ।
आज बागमतीबाट हरिवन तर्फ जाँदै गरेको ना ७ ख ६३९१ नम्बरको बालुवा लोड गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको बा ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मिकरानी र यादव गम्भीर घाइते भएका थिए ।
दुर्घटना पश्चात् घाइते दुवै जनालाई नमुना अस्पताल हरिवनमा ल्याइएकोमा थप उपचारको लागि एल एस न्युरो अस्पताल बारा लगिएको थियो । मिकरानीको एल एस न्युरो अस्पतालमा मृत्यु भएको र गम्भीर घाइते यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने टिपर र टिपर चालक बागमती नगरपालिका -१२ बस्ने ३४ वर्षीय उद्धव मोक्तानलाइृ ईलाका प्रहरी कार्यालय कर्मैयाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्