तपाईँ सुन्दै हुनुहुन्छः

पातारासी र कनकासुन्दरी गाउँपालिका पूर्ण खोप सुनिश्चिता घोषणा

जुम्ला । जुम्लाका पातारासी र कनकासुन्दरी गाउँपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भएका छन् । 

खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा आएसँगै पातारासी र कनकासुन्दरी पूर्ण खोप सुनिश्चितता घोषणा भएका हुन् । जुम्लाका आठ पालिकामध्ये अन्य ६ पालिका खोप सुनिश्चितता घोषणा हुन बाँकी छन् । 

शुक्रबार एक कार्यक्रमका बीच पातारासी गाउँपालिकाका कार्यवाहक अध्यक्ष बल बहादुर बोहराको सभाध्यक्षतामा पातारासीलाई पूर्णखोप पालिका घोषणा गरिएको हो । 

यसैगरी, कनकासुन्दरी गाउँपालिकालाई पनि पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जङ्गलाल बुढाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button