तपाईँ सुन्दै हुनुहुन्छः

विपद् र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि काम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले वर्षा र विपद् शुरु भइसकेको भन्दै जलवायु परिवर्तनको असर हिमतालहरूमा परेको र यसतर्फ समयमा नै सचेत बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले विद्युत् आपूर्ति नियमित हुन नसक्दा सूचना र सञ्चारबाट आम नागरिक वञ्चित हुनुपरेको भन्दै विद्युत् आपूर्ति सहज बनाई आम नागरिकको जनजीवन सहज बनाउन आग्रह गर्नुभयो । 

सांसदहरुले कर्णालीको विकास, कर्णाली राजमार्गमा हुने दुर्घटना न्युनिकरण, पूर्वाधार विकास गरी त्यहाँ जनजीवन सुधारका लागि काम गर्न आग्रह गर्नुभयो । 

सांसदहरुले नेपाल भ्रमण आउने पर्यटकको सहजताका लागि भारतीय पाँचसय र एक हजारका नोट फुकुवा गर्न माग गर्नुभयो । 

सांसदहरुले वर्षायाममा धान लगाउने समयमा मल नपाउँदा समस्या उत्पन्न भइरहेको भन्दै समयमानै सहज रुपमा कृषकले सहजरुपमा मल पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button