तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री चौधरीद्वारा पद तथा गोपनीयताको सपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन(वातावरण मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

धनगढीस्थित प्रदेश प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य रहेका चौधरीलाई यसअघि आजै मन्त्रीमा नियुक्त गरिएको थियो ।

रकम लेनदेनको अडियो सार्वजनिक भएपछि तत्कालीन वन मन्त्री लक्ष्मण किशोर चौधरीले एक महिना अघि पदबाट राजीनामा दिनुभएको थियो । 

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख, मन्त्रीगण, प्रदेश सभा सदस्य, उच्च सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो । 

मन्त्रीका विषयमा नागरिक उन्मुक्ति भित्र विवाद उत्पन्न भएको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले प्रदेश सभा सदस्य कैलाश चौधरीलाई मन्त्री बनाउन दिएको निर्देशन लत्त्याउँदै संसदीय दलले रामेश्वर चौधरीलाई वन मन्त्रीका लागि सिफारिस गरेको थियो । उनलाई मन्त्रीमा सिफारिस गरिएपछि अर्का प्रदेश सभा सदस्य खुसीराम चौधरीले शपथग्रहण रोक्न माग गर्दै पत्राचार गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button