तपाईँ सुन्दै हुनुहुन्छः

रारा गोल्डकप : वर्षाका कारण उपाधि भिडन्त स्थगित

धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार हुने खेल वर्षाले स्थगित भएको छ। विर्तामोड युनाइटेड क्लब झापा र एलएक्स सिटी फुटबल क्लब मोरङबिच सोमबार भिड्दै छन्। 

खेल आइतबार दिउँसो २ बजे चौबिसे गाउँपालिका–६ मा रहेको राजारानी खेलमैदानमा हुने आयोजकले जनाएको छ। आइतबार अत्यधिक वर्षा भएकाले खेल स्थगित गरिएको आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो। 

विर्तामोड युनाइटेड क्लबले गोल्डेन स्टार फुटबल क्लब सुनसरीलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो। यस्तै एलएक्स सिटी चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँलाई शनिबार ट्राई ब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ३ लाख रुपैयाँ हात पार्नेछ भने प्रतियोगितामा सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सुरु भएको हो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button