तपाईँ सुन्दै हुनुहुन्छः

संभावित सिमसार क्षेत्रहरूको खोजतलास र संरक्षण गर्न सरोकारवालाको जोड

नवलपरासी,पश्चिम्।बर्दघाट नगर क्षेत्रका सिमसार र संभावित क्षेत्रहरूको खोजतलास गरी त्यसको संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको बर्दघाटमा आयोजित एक कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् ।बर्दघाट–२,चिसापानीमा रहेको दिब्यज्योती बहुमुखी क्याम्पसले आयोजना गरेको बर्दघाटका सिम्सारको अवस्था,सम्भावना र समस्या विषयक गोष्ठीमा बोल्ने वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन ।

पुराना ताल तलैया,कुला,पोखरी ,सिम्सार ,खोला तथा घोलाहरु पछिल्लो समय हराउँदै र मासिँदै जानथाले पछि जमिनको सतहमा पानीको मात्रा घट्दै जाने क्रम बढ्न थालेपछि चापाकल र डिपटूवेलहरुमा समेत पानी आउन छोडेको भन्दै अब जमिन रिचार्ज गर्न ठाउँ ठाउँमा रहेका सिमसार तथा पोखरीहरूको संरक्षण गर्ने र निमार्ण गर्ने कार्यमा जोड दिनु पर्ने उनीहरूको भनाई रहेको थियो ।

यू.जि.सीको सहयोगमा दिब्यज्योती बहुमुखी क्याम्पस,अनुसन्धान व्यवस्थापन सेल मार्फत आयोजित कार्यक्रममा बर्दघाट नगरका सामुदायिक वन समूह,स्कुल तथा क्याम्पस,सिमसार , खानेपानी संस्था,सञ्चार क्षेत्र लगाएतका जिम्मेवार ब्यीक्तहरुको सहभागिता रहेको थियो ।

दिब्यज्योती बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता क्याम्पस प्रमुख सागरमणि पाण्डेको स्वागत र पूर्व क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलको सञ्चालन रहेको कार्यक्रममा वन तथा वातावरण विज्ञ एवं पर्यटन पत्रकार युवराज कँडेलले बर्दघाट नगरका सिम्सारको अवस्था,सम्भावना र समस्याका बारेमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले सहभागीहरू मध्येबाट सर्वपक्षीय एउटा समिति बनाएर बर्दघाटका सिम्सारहरुको खोज अनुसन्धान गर्नु पर्ने धारणा राख्नु भएको थियो भने क्याम्पस प्रमुख सागरमणि पाण्डेले नगरका सबै विद्यालय तथा क्याम्पसहरूमा नगरका सिमसारहरूको बारेमा सचित्र वर्णन गरिएका तस्बिरहरू राख्नु पर्नेमा विचार ब्यक्त गर्नु भएको थियो ।

दिब्यज्योती बहुमुखी क्याम्पस,अनुसन्धान व्यवस्थापन सेल संयोजक बोमलाल पाण्डेले संयोजन गर्नु भएको उक्त कार्यक्रममा बोल्दै दिब्यज्योती बहुमुखी क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं वेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष वृहस्पति अधिकारीले नगरमा भएका सिमसारहरूको स्तरउन्ती गर्दै वडा नं. ५ को कञ्चनगढी क्षेत्रमा सिमसार निमार्णका लागि पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

नेपालका एक सय महत्वपूर्ण गन्तव्य मध्येको कञ्चनगढीको विकाससँगै त्यस क्षेत्रमा प्रबल सम्भावना रहेको कञ्चनगढी सिमसार निमार्ण कार्यलाई पनि जोडेर अघि बढ्न जरुरी रहेको अधिकारीको भनाई रहेको थियो । त्यसैगरी १६ नं. मा रहेको केराबारी माथिको चुरेको काखमा रहेको क्षेत्र र सिद्धवस्ती माथिको क्षेत्रमा समेत सिमसार निमार्णका लागि सम्भावना रहेको अधिकारीले बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै बर्दघाट प्रेस क्बलका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण) ले वडा नं. १० मा रहेको बाउन्नखोला सिम्सारसंग सहिद पार्क र संसारकोटलाई जोडेर वृहत् योजना तयार गर्नु पर्नेमा जोड दिनु भएको थियो । सिम्सारको अवलोकन गर्ने,पार्कमा मनोरञ्जन गर्ने र केबुलकार चढेर माथी संसारकोट गएर तराईका सम्मफाँटहरु र स्थानीय ग्रामीणवस्तीहरुको अवलोकन गर्ने देखि होमस्टेको सेवा लिने वातावरण सृजना गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी परापूर्व कालदेखि मगर र थारुहरूको संयुक्त पुजाहुने ऐतिहासिक तथा धार्मिक सहिष्णुता बोकेको संसारीमाईको मन्दिरको दर्शन गर्ने वातावरण सृजना गरेर आर्थिक चलायमानको वातावरण समेत सृजना गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button