तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी परियारलाई रोटरी जर्नो अवार्ड प्रदान

जुम्ला । रेडियो नेपालका जुम्ला संवाददाता सागर परियारलाई प्रतिष्ठित रोटरी ईन्टरनेश्नलको ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरिएको छ ।  

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विद्याका अवार्डमध्य यसवर्षको खानेपानी र सरसफाई तर्फको प्रतिष्ठित रोटरी जर्नो अवार्ड -२०२५ रेडियो नेपालकर्मी पत्रकार परियारलाई प्रदान गरिएको हो।

शनिवार ललितपुरमा आयोजित एक विशेष समारोहबीच रोटरी ईन्टरनेश्नलका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले पत्रकार परियारलाई ५१ हजार नगद र कदर पत्रसहित अवार्ड हस्तान्तरण गर्नुभयो ।

रोटरी ईन्टरनेश्नल संस्थाले नेपालमा दिगो शान्ति, खानेपानी तथा सरसफाई, शिक्षा तथा स्वास्थ्य लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ ।

विभिन्न विद्याका पुरस्कार मध्य खानेपानी र सरसफाई क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै परियारलाई अवार्ड प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button